१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

काठ चोरीको आरोपमा उदयपुरमा ३ युवक पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — अवैध रुपमा काठ चोरी तस्करी को आरोपमा पक्राउ परेका ३ युवकलाई बिहीबार डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको छ । बेलका नगरपालिका–९ स्थित माछापुच्छ्रे सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काठ काटेको भन्दै बुधबार ती युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

काठ चोरीको आरोपमा उदयपुरमा ३ युवक पक्राउ

इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाबाट गएको प्रहरी टोलीले बेलका–४ गुरुङचौरीका ३५ वर्षीय अर्जुन राई, बेलका–९ कमलाबारीका ३० वर्षीय दीपेन्द्र राई र २२ वर्षीय राकेश राई पक्राउ गरेको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । पक्राउ परेका युवकलाई प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

वन कार्यालयले हिरासतमा रहेका उनीहरुको विषयमा थप अनुसधान गरिरहेको सूचना अधिकारी साहले बताए ।

प्रकाशित : आश्विन १, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?