कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दिप्रुङ चुइचुम्मामा कोभिड अस्पताल बनाइँदै

डम्बरसिं राई

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोभिड-१९ अस्पताल बनाउने भएको छ । उक्त पालिकाकै वडा नम्बर १ याम्खाको स्वास्थ्य चौकी भवनमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल बनाउने भएको हो ।

दिप्रुङ चुइचुम्मामा कोभिड अस्पताल बनाइँदै

आफ्नै कोरोना संक्रमण प्रकोप बढ्दै गएकाले कोरोना अस्पताल बनाउन लागिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

उनका अनुसार संघीय सरकारको १० लाख र गाउँपालिकाको ३५ लाख रुपैयाँको लागतमा उक्त अस्पताल बनाउन लागिएको हो । ‘कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले यसलाई मध्यनजर गर्दै कोरोना अस्पताल बनाउन लागिएको हो,’ अध्यक्ष राईले भने,‘अब छिट्टै नै सञ्चालनमा आउने छ ।’

अध्यक्ष राईका अनुसार एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगी हुने छन् । यसका लागि सूचना जारी गरिसकेको अध्यक्ष राईले सुनाए ।

यो अस्पताल बनेपछि कोरोना संक्रमितलाई अन्यत्र लान नपर्ने राईको दाबी छ । ‘आवश्यक जनशक्तिका लागि सूचना पनि जारी गरिसकिएको छ,’ राईले भने,‘जनशक्तिको व्यवस्था हुनेसाथ अस्पताल सञ्चालनमा आउने छ ।’

प्रकाशित : आश्विन १, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?