३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भोजपुरका डेढ दर्जन सडक ठप्प

एलिसा श्रेष्ठ

भोजपुर — निरन्तरको वर्षापछि आएको पहिरोले भोजपुरका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । डेढ दर्जनभन्दा बढी सडकखण्डमा पहिरो खसेपछि यातायात ठप्प भएको हो ।

भोजपुरका डेढ दर्जन सडक ठप्प

भोजपुर–दिङला सडकखण्ड, भोजपुर–घोरेटार, आमचोक गाउँपालिका–१० पाङ्चास्थित बालंखा–रानीटार, घोडेटार–मचुवाटार सडकखण्डलगायत मुख्य ग्रामीण सडक क्षतिग्रस्त बनेका छन् । भोजपुर लेगुवा सडकखण्ड र पुष्पलाल राजमार्गअन्तर्गका सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको छ ।

सडक ठप्प हुँदा सरकारी र व्यक्तिगत कामकाजका लागि दुर्गम भेगका सर्वसाधरणलाई पैदलै सदरमुकाम धाउनुपरेको छ । दिङला क्षेत्र, उत्तरी साल्पासिलिछो क्षेत्रका स्थानीय खाँदबारीदेखि धनकुटाको लेगुवा हुँदै सदरमुकाम जानुपर्ने बाध्यता छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको व्यावसायी सचिन उदासले बताए ।

सडककै कारण बजारक्षेत्रमा सामानको मूल्यमा पनि वृद्धि भएको छ । ग्रामीण सडकको दुर्दशाले सबैभन्दा वृद्ध र बिरामीलाई असर पुगेको छ । ‘बिरामीलाई अस्पताल पुर्‍याउनै गाह्रो छ, अस्पताल पुर्‍याउन नसक्दा अकालमै ज्यान जाने स्थिति छ,’ दिङलाका नारायण श्रेष्ठले भने ।

प्रकाशित : भाद्र ३०, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?