१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बन्चरो प्रहार गरी आमाको हत्या

अर्जुन राजवंशी

बिर्तामोड —  बन्चरो प्रहार गरी झापाको कमल गाउँपालिका–७ ठूलो बाह्रघरेमा एक युवकले  आमाको हत्या गरेका छन् ।

आइतबार राति ८ बजेतिर ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमा ५० वर्षीया मिराको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका दिनेश र आमा मिराबीच झगडा भएको प्रहरीले बताएको छ ।

झगडा गर्ने क्रममा दिनेशले घरमा रहेको बन्चरो र ढुंगाले टाउको र खुट्टामा प्रहार गर्दा आमा मिराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । दिनेशलाई तत्कालै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?