कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तास खेलेको आरोपमा ५ जना पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रहरीले तास खेलेको आरोपमा पाँच जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ५७ हजार नगद समेत बरामद गरिएको छ ।

तास खेलेको आरोपमा ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक ३ बेलडाँगी–२ को भुटानी शरणार्थी शिविरस्थित हट नम्बर २४५ सेक्टर ए ४ बस्ने मनु गुरुङको घरमा तास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई शनिबार अपराह्न साढे ५ बजे पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा १ सेक्टर ए ४ हट नम्बर २३२ बस्ने ३८ वर्षीय प्रकाश राई, सेक्टर बी ३ हट नम्बर ३०५ बस्ने ३६ वर्षीय नरेश दाहाल, सेक्टर बी ४ हट नम्बर ३६६ बस्ने ३६ वर्षीय कुमार तामाङ, सेक्टर ई २ हट नम्बर १०५ बस्ने बिर्खमान राई र सेक्टर बी २ हट नम्बर १९८ बस्ने २४ वर्षीय शन्तविर तामाङ छन् ।

प्रहरीले अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?