कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छात्रामाथि जबरजस्ती करणी आरोपमा प्रिन्सिपल पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — आफ्नै विद्यालयकी छात्राबासकी छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा कुलराज सुब्बालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ । सुब्बा पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।

विद्यालयकै छात्रावासमा बस्ने चौध वर्षीया छात्राले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जाहेरी दिएकी थिइन् । यही जाहेरीका आधारमा सुब्बालाई पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक प्रवक्ता रोमनराज अर्यालले बताए । छात्राले दिएको जाहेरीमा गृहकार्य सिकाउने क्रममा सुब्बाले १५ दिन अघिदेखि अनैतिक व्यवहार गरेको र २० गते जबरजस्ती करणी गरेकी बताएकी छिन् । छात्राको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपसहित प्रहरीमा जाहेरी परेपछि सुब्बालाई विद्यालय व्यवस्थापनले निलम्बन गरेको छ । उनीमाथि लागेको आरोपको छानबिनका लागि सहयोग पुर्‍याउन निलम्बन गरिएको सञ्चालक समिति अध्यक्ष विमला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । छात्रा कक्षा ७ मा अध्ययनरत थिइन् ।

विद्यालय व्यवस्थापन समितिको निलम्बन गरिएको सूचना

प्रकाशित : भाद्र २७, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?