कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एथलेटिक्स खेलाडीलाई हातपात गर्ने धरौटीमा छुटे

पर्वत पाेर्तेल

काँकडभिट्टा — झापामा एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट एवं दुर्व्यवहारमा संलग्न मेचीनगर १३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठलाई जिल्ला अदालत झापाले जनही ३ लाख धरौटीमा शुक्रबार छाडेको छ ।

अवकाशप्राप्त नेपाली सेना श्रेष्ठ र उनकी पत्नीले चन्द्रकलालाई गत भदौ ८ मा कुटपिट गरेका थिए । श्रेष्ठ पत्नीले गर्भवती चन्द्रकलालाई पेटमा धक्का पुग्ने गरी कुटपिट गरेकी थिइन् । चन्द्रकलाका श्रीमान सुमन खातीलाई समेत कुटपिट गरिएको थियो । जातीय विभेदसहित कुटपिट गरेको भन्दै चन्द्रकलाका श्रीमान सुमनले श्रेष्ठ दम्पत्तीविरुद्ध गत भदौ ९ मा इलाका प्रहरी कार्यालय धुलाबारीमा जोहरी दिएका थिए ।

प्रकाशित : भाद्र २७, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?