धनकुटामा बुधबार १४ जना डिस्चार्ज

सुत्केरीसहित ३ संक्रमित थपिए
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाबाट बुधबार १४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २० मध्ये १४ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेसनमा भर्ना भएको ११ दिनमा पीसीआर नजिता नेगेटिभ आएपछि घर फर्काइएको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले बताए । 

धनकुटामा बुधबार १४ जना डिस्चार्ज

निको भएकाहरुले प्लाज्मा थेरापीको लागि रक्तदान गर्ने भएको जिल्ला रेडक्रस सोसाईटीका सभापति हरिकुमार राईले जानकारी दिए । जिल्लामा कुल ४३ संक्रमितमध्ये २० जना उपचाररत छन् ।

बुधबार चौबिसे गाउँपालिका ७ का एक सुत्केरीसहित दुई पुरुषमा पीसीआर पोजिटिभ आएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : भाद्र २४, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?