कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धनकुटामा २६ दिनपछि निषेधाज्ञा हट्यो

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला प्रशासन कार्यालय धनकुटाले २६ दिनदेखि जारी निषेधाज्ञा सोमबार रातिदेखि हटाएको छ ।

धनकुटामा २६ दिनपछि निषेधाज्ञा हट्यो

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाभरि गत साउन २९ गते निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि निषेधाज्ञा जारी गरेको र पछिल्ला केही दिनमा अवस्था सामान्य बन्दै गएकाले निषेधाज्ञा अन्त्य गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

निषेधाज्ञा अन्त्य भएसँगै मंगलबार बिहानैदेखि बजारमा पसल सञ्चालनमा आएका छन् ।

कोरोना भाइरसबाट बच्ने उच्च सावधानीका सबै उपाय भने कायमै राख्न प्रशासनले आग्रह गरेको छ । शिक्षण संस्था, हाटबजार, सभा सम्मेलन, भेला अन्तरक्रिया,गोष्ठी बैठकहरु भने सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । यसअघि निषेधाज्ञाको अवधिमा पनि राजनीतिक पार्टीले भेला तथा सभा गरिएको गुनासो बढेपछि प्रशासनले कडाइ गरेको जनाएको छ ।

धनकुटा जिल्लाभित्र आन्तरिक रुपमा ५० प्रतिशत संख्यामा मात्र यात्रु राखेर यातायात सञ्चालन गर्ने पाउने पनि उल्लेख गरिएको छ ।

सामाजिक दूरी अनिवार्य कायम गर्ने र मास्कसहित सुरक्षाको विधिको अवस्थाबारे चेक गरी अनुगमन गर्ने कार्यलाई यथावत् राखिएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ४० मध्ये २० जना निको भएर घर फर्किएका छन् भने २० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।

प्रकाशित : भाद्र २३, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?