३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

संखुवासभामा थप ७ दिन निषेधाज्ञा

दीपेन्द्र शाक्य

संखुवासभा — कोरोना संक्रमण बढेपछि संखुवासभामा थप ७ दिन निषेधाज्ञा थप गरिएको छ । शुक्रबारबाट लागू हुनेगरी भदौ २५ सम्मका लागि जिल्लाभरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

यसअघि प्रशासनले १० दिन लकडाउन र भदौ १३ देखि १८ सम्म निषेधाज्ञा जारी गरेको थियो । प्रजिअ आचार्यका अनुसार निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजारबन्द, अत्यावश्यक बाहेक हिँडडुल बन्द गरिने छ ।

अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ ।

संखुवासभाको खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसको आईसोलेसनमा बिहीबारसम्म २ महिला र २१ पुरुष गरी २३ जना संक्रमित उपचाररत छन् ।

प्रकाशित : भाद्र १८, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?