कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा निषेधाज्ञा ५ दिन थप

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला प्रशासन कार्यालय धनकुटाले ३ सातादेखि जारी गरेको निषेधाज्ञा पुन: ५ दिन थप गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (सीएमसी) को बुधबार अपरान्ह बसेको बैठकले जिल्लाभरी भदौ २२ सम्म पुन: निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । 

धनकुटामा निषेधाज्ञा ५ दिन थप

संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार आगामी सोमबार मध्य रातसम्म निषेधाज्ञाको अवधि बढाइएको प्रजिअ विमलीले बताए । जिल्लाका सम्पूर्ण कार्यालयका कर्मचारीले प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना जिल्ला छोडेर जान नपाउने निर्णय गरिएको छ ।

बैठक, सभा सम्मेलन, गोष्ठी, अन्तक्रियायाका नाममा मानिस भेला पूर्ण रुपमा बन्देज गरिएको छ । यसअघि निषेधाज्ञाको अवधिमा पनि राजनीतिक पार्टीले भेला सभा गरिएको गुनासो बढेपछि प्रशासनले कडाई गरेको जनाएको छ ।

सामाजिक दुरी अनिवार्य कायम गर्ने र मास्क अनिवार्य लगाउनका लागि तथा भेडेटार र मुलघाटमा कडा जाँच गरी अनुगमन गर्ने समेत निर्णय गरिएको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?