२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इलाममा दुई वटा बीओपी स्थापना

विप्लव भट्टराई

इलाम — सशस्त्र प्रहरीले इलामका पूर्वी दुई स्थानामा बेर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

रोङ गाउँपालिका-६ को सलकपुर र सूर्योदय नगरपालिका-५ समालबुङका दुवै बीओपी सशस्त्र प्रहरी बराह बाहिनीका डीआईजी वंशीराज दाहालले उद्घाटन गरे ।

उनले सीमा क्षेत्रमा स्थापना भएका बीओपीले सीमानाको रक्षा गर्नुका साथै स्थानीयलाई सुरक्षाको अनुभुति हुने गरी काम गर्न जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन दिए । यसअघि पशुपतिनगरमा रहेको बीओपीले सबै सीमा क्षेत्रको अवलोकन गर्न कठिनाई हुँदै आएको थियो ।

इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा ७ वटा बीओपी राख्‍ने तयारी वर्षौंदेखि थालिए पनि ढिलाइ हुँदै आएको छ ।

सशस्त्र प्रहरी बल इलामका एसपी सुधिर जंग थापाले कात्तिकभित्रमा नेपाल भारत सीमा क्षेत्रको छब्बीसे, जौबारी, कालपोखरी र सन्दकपुरमा थप ४ वटा बीओपी स्थापना गर्ने बताए ।

प्रकाशित : भाद्र १६, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?