पहिरोले इलाममा घर बगायो, मेची राजमार्ग अवरुद्ध

पर्वत पाेर्तेल

झापा — सोमबार रातिको भारी वर्षापछिको पहिरोले झापासंग सीमा जोडिएको इलामको रोङ गाउँपालिकामा एक घर बगाएको छ ।

पहिरोले इलाममा घर बगायो, मेची राजमार्ग अवरुद्ध

रोङ गाउँपालिका ६ का वडाध्यक्ष सुवास स्याङ्बोले पहिरोले स्थानीय बलबहादुर राईको घर बगाएको बताए । उनीहरुलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा लगेर राखिएको छ ।

मेची राजमार्गका आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

पहिरोका कारण गाउँपालिकाका विभिन्न ठाँउमा बिजुलीका पोलमा पनि क्षति पुगेको वडाध्यक्ष स्याङ्बोले जनाए ।

प्रकाशित : भाद्र १६, २०७७ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?