कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झापामा अस्थायी कोभिड अस्पताल तयार

पर्वत पाेर्तेल

काँकडभिट्टा — भद्रपुरको मेची प्रादेशिक अस्पतालको निर्माणाधीन नयाँ भवनलाई अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गरिने भएको छ ।

झापामा अस्थायी कोभिड अस्पताल तयार

केही समयअघि उक्त भवनमा कोभिड अस्पताल बनाउने कुरामा स्थानीयवासीले विरोध गरेका थिए । तर, उपयुक्त स्थान नभेटिएका कारण प्रादेशिक अस्पतालपूर्वको निर्माणधीन भवनलाई नै तत्कालका लागि कोभिड अस्पतालको रुपमा प्रयोग गर्न सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्वर ठाकुरले जानकारी दिए । ठाकुरले भने, ‘कोभिड अस्पताल बनाउन धेरै दबाब आयो, उपयुक्त स्थान कतै नभेटेपछि यही भवनलाई प्रयोग गर्ने निर्णय गरियो ।’

अस्पताल स्रोतका अनुसार निर्माणाधीन भवनका दुई वटा हल प्रयोग गरिने छ । जसमा ७५ शय्या राखिने छ । अस्पतालले २२ शय्याको आइसोलेनसन पनि सञ्चालन गर्दै आएको थियो । आइसोलेसनका बिरामीसमेत तत्काल कोभिड अस्पतालमा सारिने छ ।

कोभिड अस्पतालको सुरक्षा जिम्मा सेनालाई दिइने छ । डा. ठाकुरले तत्काल जनशक्ति समेत व्यवस्थापन गरी अस्पताल सुरु गरिने जनाए । कोरोना भाइरस संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले कोभिड अस्पतालका लागि निर्माणाधीन भवन नै उपयुक्त ठानेर सञ्चालन गर्न लागिएको जनाए ।

झापामा कोरोना संक्रमितको संख्या ५ सय ८० पुगेको छ । ४ सय २७ जना निको भएर फर्किएका छन् । १ सय ५१ जना उपचाररत छन् । त्यस्तै कोरोनाबाट झापामा दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र १५, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?