२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरका शिक्षकमा कोरोना पुष्टि

डिल्लीराम खतिवडा

उदयपुर — काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरको त्रियुगा नगरपलिका–४ का एक शिक्षकमा कोरोना पुष्टि भएको छ । अस्पतालका कोभिड कमिटीका सञ्चार संयोजक माधवप्रसाद घिमिरेले ५२ वर्षीय ती व्यक्तिमा कोरोना पुष्टि भएको जनाएका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरका शिक्षकमा कोरोना पुष्टि

ती शिक्षक उदयपुरमै वा काठमाडौं लगिएपछि संक्रमित भएका हुन् भन्ने यकिन भइनसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।

उनलाई निमोनियाको आशंकामा गत मंगलबार राति ११ बजे शिक्षण अस्पतालमा पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन २८ देखि बिरामी रहेको परिवार स्रोतले बतायो । भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा पुगेका उनी सामान्य उपचारपछि घर फर्किएका थिए ।

अस्पतालको औषधिले ठिक नभएपछि भदौ ४ गते उनले त्रियुगा नगरपालिका–३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रालिमा रगत परीक्षण गराएको र ६ गते त्यहीँ भर्ना भएको परिवारले जनाएको छ । तीन दिनसम्म पनि ठिक नभएपछि परिवारले भदौ ८ गते राति डिस्चार्ज लिई काठमाडौं लगेको थियो ।

लकडाउनकै बीच लिम्चुङबुङ गाउँपालिका–१ स्थित आधारभूत प्राथमिक विद्यालयबाट सरुवा भई आएका उनी साउन २७ गते त्रियुगा–७ स्थित आधारभूत विद्यालय कौवाईमा हाजिर भएका थिए ।

प्रहरीले उनले उपचार गरेको हेल्थकेयर ‘सिल’ गरिसकेको छ । प्रजिअ चक्रपाणि पाण्डेले उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा नियन्त्रणका थप विधि अपनाइने बताए ।

प्रकाशित : भाद्र १२, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?