३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

वनको जग्गा प्लटिङ गरी बेचेको आरोपमा ७ जना पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — वनको जग्गा प्लटिङ गरी बेचेको आरोपमा प्रहरीले बेलका नगरपालिका–३ सिरिया टप्पुबाट ७ जनालाई १९ लाख ८ हजार नगदसहित पक्राउ गरेको छ ।

वनको जग्गा प्लटिङ गरी बेचेको आरोपमा ७ जना पक्राउ

वन क्षेत्रको जग्गा प्लटिङ गरेर बिक्री गरेको आरोपमा बेलका नगरपालिका–३ सिर्जना टोलका ५४ वर्षीय प्रदिप भन्ने दलबहादुर थापा, २६ वर्षीय प्रकाश चन्द्रव्रशी, भोजपुर टेम्केमैयुङ गाउँपालिका ६ का ४३ वर्षीय देवराज राई, ३८ वर्षीय मणिराज राई, भोजपुर नगरपालिका–३ बोखिमका ३७ वर्षीय सन्तोषकुमार राईलाई बिहीबार जग्गा खरिदबिक्री गर्दै गरेकै अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

यस्तै खोटाङ साकेला गाउँपालिका–२ का ४७ वर्षीय धनकुमार राई, साकेला गाँपालिका घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–२० बस्ने ३० वर्षीय मनकुमार राईलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

पक्राउ गरिएकाहरु सिरिया टप्पु क्षेत्रमा वन क्षेत्रको जग्गा खरिदबिक्री गर्ने गिरोहका सदस्य भएको प्रहरीको भनाइ छ । उनीहरु वनको ३ बिगाहा ४ कठ्ठा जग्गा प्लटिङ गरी खरिदबिक्रीमा संलग्न रहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट १२ लाख १८ हजार रुपैयाँ नगद ३ लाख ७० हजार र ३ लाख २० हजार रुपैयाँका गरी दुई वटा चेक बरामद गरिएको छ ।

वन क्षेत्रको जग्गा अतिक्रमण गरी प्लटिङ गरी बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय गाईघाट उदयपुरसँग समन्वय गरी इलाकम प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गएको प्रहरी टोलीले उक्त गिरोहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दाहालले वताए । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गाईघाटलाई बुझाइएको उनले बताए ।

पक्राउ गरिएकालाई शुक्रबार अदालतबाट म्याद लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृतसमेत रहेका सूचना अधिकारी जागेश्वर साहले बताए । कोसी टप्पु क्षेत्रमा वन अतिक्रमणसँगै वन्यजन्तु, काठको चोरी तस्करी हुँदै आएको छ ।

यसअघि साउन ३० गते पनि बेलका नगरपालिका–३ एकता टोल नजिकै वन क्षेत्र अतिक्रमण गरेको आरोपमा पनि ७ जनालाई पक्राउ गरिएको थियो ।

प्रकाशित : भाद्र १२, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?