१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

धरानमा थप एक साता लकडाउन

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकामा थप एक सातालाई लकडाउन थपिएको छ । धरान उपमहानगरपालिका कार्यपालिकाको बुधबारको बैठकले कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै थप एक सातालाई लकडाउन गर्ने निर्णय गरेको हो । 

धरानमा थप एक साता लकडाउन

कोरोना संक्रमण बढ्ने खतरा अझै रहेकाले भदौ १७ गते मध्यरातिसम्म लकडाउन गर्ने निर्णय भएको उपमहानगर प्रमुख तिलक राईले बताए । उनकाअनुसार धरान प्रवेश गर्नेहरुलाई थप कडाइ गरिने छ । लकडाउन अवधिमा खाद्यान्न तथा सागसब्जी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख राई बताए ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि उपमहानगरले साउन २२ गतेदेखि किस्ताबन्दी रुपमा लकडाउन गर्दै आएको छ ।

कोरोना संक्रमणबाट धरानमा तीन जनाको मृत्यु र १ सय २० जना संक्रमितको संख्या पुगेको छ ।

प्रकाशित : भाद्र १०, २०७७ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?