स्वाब दिएर नतिजा नआएसम्म घरबाट बाहिर निस्कन रोक

डिल्लीराम खतिवडा

उदयपुर — जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबारदेखि कोरोना जाँचका लागि स्वाब परीक्षण गर्न दिएका व्यक्तिहरुलाई रिर्पोट नआएसम्म घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

स्वाब दिएर नतिजा नआएसम्म घरबाट बाहिर निस्कन रोक

कोरोना संकट व्यवस्थापन केन्द र सुरक्षा समितिको संयुक्त बैठकले स्वाब दिएका र कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिबाट संक्रमण फैलिन सक्ने खतरा औंल्याउँदै स्वाब परीक्षणका लागि दिएका व्यक्तिहरुलाई घर बाहिर निस्कनमा रोक लगाएको हो ।

स्वाब संकलनपछि रिर्पोट नै नआई खुला रुपमा बाहिर निस्कदा संक्रमण बढेको पाइएकोले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

‘स्वाब दिएर घर बाहिर हिँडडुल गर्दा झनै खतरा हुने संकेत देखियो,’ प्रजिअ पाण्डेले भने,‘त्यसैले स्वाब दिएपछि रिर्पोट नआएसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्ने शर्तपछि मात्र पीसीआर परीक्षण गराउने निर्णय भएको छ ।’

प्रकाशित : भाद्र ६, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?