कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विराटनगरबाट सरुवा भएर भोजपुर आएका ३ जना प्रहरीलाई कोरोना

एलिसा श्रेष्ठ

भोजपुर — जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित होल्डिङ एरियामा रहेका ३ प्रहरीमा कोरोना पुष्टि भएको छ । भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर आएका सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष रहेका छन् ।

विराटनगरबाट सरुवा भएर भोजपुर आएका ३ जना प्रहरीलाई कोरोना

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलका अनुसार विराटनगरस्थित पूर्वी क्षेत्रीय तालिम केन्द्र रानीबाट भोजपुर आएका संक्रमित तीनै जनालाई भोजपुर प्रवेश गर्नुअघि होल्ड गर्न बनाइएको होल्डिङ एरियामा राखिएको थियो । गत ३ गते होल्डिङ एरियाका ३२ जनाको पीसिआर परीक्षण गरीको थियो जसमध्ये तीन जनाको रिपोर्ट पाजिटिभ आएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुलाई उपचारका लागि अन्यत्र नपठाउने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

छिमेकी जिल्लाहरुमा संक्रमणको दर उच्च रहेकाले कोरोना विशेष अस्पतालहरुले लक्षण बिनाका संक्रमितलाई भर्ना नलिने भएकाले संक्रमित तीनै जनालाई भोजपुर नगरपालिका टक्सार–१२ स्थित पर्यटकिय सूचना केन्द्रको भवनमा राखिने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लुईटेलले जनाए ।

प्रकाशित : भाद्र ६, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?