विराटनगरबाट सरुवा भएर भोजपुर आएका ३ जना प्रहरीलाई कोरोना- प्रदेश १ - कान्तिपुर समाचार

विराटनगरबाट सरुवा भएर भोजपुर आएका ३ जना प्रहरीलाई कोरोना

एलिसा श्रेष्ठ

भोजपुर — जिल्लाको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित होल्डिङ एरियामा रहेका ३ प्रहरीमा कोरोना पुष्टि भएको छ । भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर आएका सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष रहेका छन् ।

तस्बिरः सटरस्टक ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलका अनुसार विराटनगरस्थित पूर्वी क्षेत्रीय तालिम केन्द्र रानीबाट भोजपुर आएका संक्रमित तीनै जनालाई भोजपुर प्रवेश गर्नुअघि होल्ड गर्न बनाइएको होल्डिङ एरियामा राखिएको थियो । गत ३ गते होल्डिङ एरियाका ३२ जनाको पीसिआर परीक्षण गरीको थियो जसमध्ये तीन जनाको रिपोर्ट पाजिटिभ आएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुलाई उपचारका लागि अन्यत्र नपठाउने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

छिमेकी जिल्लाहरुमा संक्रमणको दर उच्च रहेकाले कोरोना विशेष अस्पतालहरुले लक्षण बिनाका संक्रमितलाई भर्ना नलिने भएकाले संक्रमित तीनै जनालाई भोजपुर नगरपालिका टक्सार–१२ स्थित पर्यटकिय सूचना केन्द्रको भवनमा राखिने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लुईटेलले जनाए ।

प्रकाशित : भाद्र ६, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

सनराइजको ‘नारी बचत खाता’

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंकले ‘नारी बचत खाता’ अफर ल्याएको छ । शून्य मौज्दातमा यो खाता खोल्न सकिने बैंकले बताएको छ ।

बैंकले महिलालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो खाता सञ्चालन गरिएको बैंकको भनाइ छ । एक वर्ष नि:शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता र लकर चार्जमा ५० प्रतिशत छुट एवं कर्जाको प्रक्रियागत खर्चमा छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

महिलाले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म क्यास ब्याकको अफरसमेत रहेको बैंकले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७७ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×