विराटनगर महानगरमा थपिए २९ जना कोरोना संक्रमित

देवनारायण शाह

मोरङ — विराटनगर महानगरपालिकामा शुक्रबार २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा १३ महिला र १६ जना पुरुष हुन् । महानगरमा संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरमा थपिए २९ जना कोरोना संक्रमित


शुक्रबार संक्रमित भएकासहित ३ सय ६० जना संक्रमित आइसोलेसनमा शय्या अभावमा घरमै बस्न बाध्य छन् । प्रदेश १ मा शुक्रबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँथर र उदयपुरमा १/१ जना र प्रदेश २ का ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा संक्रमितको संख्या २ हजार ४ सय ८७ पुगेको छ । जसमा १ हजार २ सय २५ जना निको भएर घर फर्किसकेका छन् भने १४ जना संक्रमितको मृत्यु भइसकेको छ । यस प्रदेशमा हालसम्ममा ७५ हजार ६ सय १९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : भाद्र ५, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?