कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओखलढुंगा मोलुङकी महिला मलेसियामा अलपत्र

कुम्भराज राई

ओखलढुंगा — मोलुङ गाउँपालिका–८ राँगादिपकी एक महिला वर्षौंदेखि मलेसियामा अलपत्र परेकी छन् । मानसिक सन्तुलन गुमाएकी उनी सडकमै बस्ने गरेकी छन् । उनको साथमा अन्दाजी सात वर्षका छोरा छन् । 

ओखलढुंगा मोलुङकी महिला मलेसियामा अलपत्र

मलेसियामा कार्यरत जिल्लाबासीहरुले उनलाई उद्धार गरी नेपाल पठाउन खोजे पनि सकेका छैनन् । ओखलढुंगा एकता सेवा समाज मलेसियाले उनलाई पठाउन खोजेपनि उनको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएको मलेसियाबाट हिराबहादुर थापाले बताए ।

सपना राई नाम बताउने उनको अवस्था एकदमै दयनीय रहेको थापाले बताए । ‘यी महिलाको उद्धारमा नेपालबाट नेपाल सरकारले सहयोग गर्नुपर्‍यो ।’ थापाले भने, ‘कागजी प्रक्रियाका लागि नेपाल सरकारले सहयोग गरे यहाँबाट उनलाई पठाउन हामीले बाँकी बन्दोबस्त गर्छौं ।’

ती महिला मोलुङ–८ कै विष्णुबहादुर राईकी कान्छी छोरी भएको वडाअध्यक्ष हरिकुमार राईले बताए । वडाअध्यक्ष राईका अनुसार ती महिलालाई गाउँमा बोलाउने नाम पिन्तुमा हो । उनी १० वर्षअघि विदेशिएकी हुन् । उनको बुबाआमा दुवै बितिसकेका छन् ।

उनका दाजुसमेत करिब एक दशक मलेसिया गएर हालै फर्किएका छन् । बिना कमाइ फर्किएपछि दाजुको अवस्थासमेत नाजुक छ । गाउँमा हुँदै दुई विवाह गरेकी उनी विदेश गएपछि सम्पर्कविहीन थिइन् ।

प्रकाशित : भाद्र ५, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?