कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आइसोलेसन फोडेर स्वास्थ्य सामग्री चोरिए

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभा सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनका स्वास्थ्य सामग्री चोरी भएका छन् । जिल्ला अस्पतालका अनुसार बिहीबार राति ढोका फोडेर सामग्री चोरिएका हुन् ।

आइसोलेसन फोडेर स्वास्थ्य सामग्री चोरिए

करिब १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायत सामग्री चोरिएका छन् ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?