कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कार आरोपी पक्राउ

धनकुटा — बलात्कार गरेर फरार दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । दुई फरक घटनामा संलग्‍न उनीहरुलाई जिल्ला प्रहरी धनकुटाले बिहीबार पक्राउ गरेको हो ।

बलात्कार आरोपी पक्राउ

गत शनिबार धनकुटा नगरपालिकाको टेकुनालामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका युवालाई बिहीबार पक्राउ गरिएको एसपी गोविन्द अधिकारीले बताए । बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेर फरार २२ वर्षीय युवालाई गाउँबाटै पक्राउ गरिएको उनले बताए ।

यस्तै, धनकुटा नगरपालिकाको निगालेमा १५ वर्षीया बालिकालाई गत साउन २७ गते जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ परेका दुवै आरोपीहरुलाई जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेर अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?