प्रदेश १ मा एक सय २३ संक्रमित थपिए

देवनारायण साह

मोरङ — प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा एक सय २३ संक्रमित थपिए

मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ ।

ती मध्ये १ हजार १ सय ३५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यस प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १३ पुगेको छ । हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रदेश १ को राजधानी विराटनगरमा बुधबार ५२ जना संक्रमित थपिएका छन् । योसँगै महानगरमा संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । जसमा ८ जनाको मृत्यु भइसकेको छ भने ७६ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित : भाद्र ३, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?