क्‍वारेन्टाइनमा मृत्यु भएका इलामका युवकको पीसीआर रिपोर्ट नेगेटिभ

विप्लव भट्टराई

इलाम — इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारेन्टाइनमा आइतबार राति मृत्यु भएका २२ वर्षीय युवकका कोरोना संक्रमण देखिएन । सोमबार आएको पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो ।


भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय नगरपालिका–९ घर भएका ती युवकको आइतबार राति ११ बजे मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियषे । उनको स्वाब परीक्षण झापाको भद्रपुर अस्पतालमा एक साताअघि खोलिएको ल्याबमा गरिएको हो ।

यसअघि नै दसवटा नेगेटिभ रिपोर्ट धरानको ल्याबमा भेरिफाई भइसकेकाले मृतकको रिपोर्ट पुन: परीक्षण गर्नु नपर्ने अस्पतालका कोरोना फोकल पर्सन जितेन्द्र झाले जानकारी दिए । ल्याबको परीक्षणमा देखिएका १० वटा पोजिटिभ नमुनाको भेरिफिकेसन रिपोर्ट भने आइनसकेको उनले बताए ।

प्रकाशित : भाद्र १, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?