कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

इलामको क्वारेन्टाइनमा २२ वर्षीय युवकको मृत्यु

पीसीआर रिपोर्ट आउन बाँकी
विप्लव भट्टराई

इलाम — इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय नगरपालिका–९ घर भएका २२ वर्षीय युवकको आइतबार राती मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए । उनका अनुसार मृतकको पीसीआर रिपोर्ट सोमबार दिउँसोसम्म आइपुग्ने छ । २९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको हो ।

प्रकाशित : भाद्र १, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?