१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बीपी प्रतिष्ठानमा उपचार गर्न पुगेका दम्पतीमा कोरोना संक्रमण

प्रदीप मेन्याङ्बो

सुनसरी — उदपुरबाट उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका दम्पतीलाई नै कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

बीपी प्रतिष्ठानमा उपचार गर्न पुगेका दम्पतीमा कोरोना संक्रमण

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताकाअनुसार शल्यक्रिया गर्नु पर्ने रोग लागेकी श्रीमतीको उपचारका लागि श्रीमान् पनि सँगै आएका थिए । प्रतिष्ठानमा शल्यक्रिया गर्नु पर्ने भएपछि पीसीआर जाँच गर्दा श्रीमतीको रिपोर्टमा कोरोना पोजिटिभ देखियो । त्यसपछि श्रीमान्‌को पनि स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा उनको पनि कोरोना पोजिटिभ आएको मेहताले बताए । मेहताले भने, ‘श्रीमतीको बिहीबार र श्रीमान्‌को शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु साउन २१ गतेदेखि प्रतिष्ठान अगाडिको एक होटलमा बस्दै आएका थिए ।’

दम्पतीलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएाके छ भने उनीहरु बसेको होटललाई पनिसिल गरेर होटल संचालकका परिवार र आसपासका घरका एक/एक जनाको पीसीआर जाँचका लागि स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाइएको छ ।

यसैगरी धरान ९ पुतलीलाइनस्थित विजयपु हस्पिटलको आइसोलेसन वार्डलाई पनि सिल गरिएको छ । अस्पतालका प्रबन्ध निर्देशक प्रभाव खतिवडाकाअनुसार धरान १५ बस्ने ६७ वर्षीय निमोनियाका बिरामी पुरुषलाई उपचारका क्रममा कोरोनाको आशंकामा स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाइएको थियो । उनको पीसीआर रिपोर्ट कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन वार्ड सिल गरिएको हो ।

उनकाअनुसार ती बिरामीको उपचारमा सम्लग्न एक जना फिजिसियन, एक जना मेडिकल अधिकृत, चार जना नर्स र दुई सहयोगीहरुलाई होम क्वारेन्टीनमा बसाइएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?