कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मेची प्रादेशिक अस्पतालको आइसोलेसनबाट १७ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत पोर्तेल

काँकडभिट्टा — भद्रपुरको मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका १७ जना कोरोना संक्रमित शुक्रबार निको भएर घर फर्किएका छन् । 

मेची प्रादेशिक अस्पतालको आइसोलेसनबाट १७ जना कोरोना संक्रमित डिस्चार्ज

निको भएर घर फर्किनेहरुमा ३ जना इलामका र १४ जना झापाका विभिन्न पालिकाका संक्रमित रहेको मेची प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए । जिल्लामै एउटा मात्रै आइसोलेसन २२ शय्याको छ । संक्रमित बढ्दै गएपछि अस्पतालको आइसोलेसन पर्याप्त छैन । त्यही भएर कतिपय पालिकाहरुले क्वारेन्टाइनलाई नै आइसोलेसनको रुपमा प्रयोग गर्दै आएका छन् ।

मेचीनगर–११ को धाइजनमा रहेको क्वारेन्टाइनलाई हालै आइसोलेसन बनाइएको थियो । यहाँ लक्षणरहित संक्रमितहरुलाई मात्रै राखिएको मेचीनगरका स्वास्थ्य शाखाले जनाएको छ । झापामा संक्रमितको संख्या ४ सय नाघेको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?