प्रदेश १ मा थपिए ९५ जना कोरोना संक्रमित- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा थपिए ९५ जना कोरोना संक्रमित

मोरङमा थपिए ६२ संक्रमित
देवनारायण साह

मोरङ — प्रदेश १ मा शुक्रबार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २८ महिला र ६७ जना पुरुष छन् । विराटनगर महानगरमा ३३, रंगेली नगरपालिकामा २८ र सुन्दरहरैंचामा १ गरी मोरङमा ६२ जना संक्रमित थपिएका छन् । 

विराटनगरमा संक्रमितको संख्या ४ सय ४७ पुगेको छ । जसमा ६ जनाको मृत्यु भइसकेको छ । मोरङमा ९ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा २२, झापामा ९ र प्रदेश २ का २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस प्रदेशमा हालसम्ममा १ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ हजार ७५ जना निको भएर डिस्चार्ज भएका छन् । यस प्रदेशमा शुक्रबारसम्ममा ६२ हजार ६ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट १२ र मेची अस्पतालको आइसोलेसनबाट १७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ गरी ३५ जना संक्रमित शुक्रबार निको भएर घर डिस्चार्ज भएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना, ४८ जनाको स्वाब संकलन

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीमा बिहीबार बेलुका संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका मन्त्रालयका ४८ जनाको स्वाब संकलन गरिएको मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले बताए । 

संक्रमित कर्मचारीको अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा बसेको पौडेलले जानकारी दिए । ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालसहित २ जनाको स्वाब पनि परीक्षण गरिएको थियो । उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १५:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×