कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दुई सहायक वन अधिकृतसहित ६ जना वन कर्मचारी घूससहित पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरका २ सहायक वन अधिकृतसहित ६ जना वन कर्मचारी घूससहित पक्राउ परेका छन् ।

दुई सहायक वन अधिकृतसहित ६ जना वन कर्मचारी घूससहित पक्राउ

सेवाग्राहीबाट १७ हजार रुपैयाँ घूस लिइरहेको अवस्था उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले नियन्त्रणमा लिएको हो । सव–डिभिजन वन कार्यालय मैनामैनीका प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहितले सेवाग्राहीसँग घूस माग गरेको उजूरी परेको थियो ।

पक्राउ पर्नेहरुमा सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत विनोदकुमार साह, फरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनीका फरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउत छन् ।

वन कर्मचारीले सप्तकोसी नदीले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैयाँ घूस लिएको आरोप छ ।

प्रकाशित : श्रावण २८, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?