धरानमा भदौ ३ गतेसम्म लकडाउन

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाले धरानमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कार्यपालिकाको बैठकले  भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

धरानमा भदौ ३ गतेसम्म लकडाउन

यसअघि लकडाउनको समय साउन २८ गते मध्यराति १२ बजे सम्म तोकिएको थियो । लकडाउनको म्याद सकिन लागेपनि धरानमा गरिएको रेण्डम मास पीसीआर टेस्टिङको नतिजाले लकडाउन फेरि बढाउनु पर्ने अवस्था आएको कार्यपालिका सदस्य एवं वडा नं १७ का अध्यक्ष मनोज भट्टाराईले बताए ।

कार्यपालिका बैठकले धरान बाहिरका नाकाबाट ल्याइने फलफुल तरकारी, दुधलाई रोक्ने निर्णय गरेको छ । वडाध्यक्ष भट्टराईकाअनुसार धरानभित्रै आन्तरिकरुपमा उत्पादित फलफुल तरकारी, खाद्यान्नलाई भने सहजीकरण गर्ने निर्णय भएको छ ।

यसैबीच चारदिन अघि धरान १५ वडा कार्यालयमा रेण्डम मास टेस्टिङमा २ सय ६६ जनाको स्वाब संकलन गरिएका मध्ये नेकपा धनकुटाबाट प्रदेशसभामा समानुपातिक सांसद र उनका श्रीमानसहित धरानका ८ जनाको पिसिआर नतिजा कोरोना पोजेटिभ आएको छ । रिपोर्ट बुधबार विहानमात्र आएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताकाअनुसार ती मध्ये धरानका ६ जना छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?