धरानमा भदौ ३ गतेसम्म लकडाउन- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा भदौ ३ गतेसम्म लकडाउन

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकाले धरानमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कार्यपालिकाको बैठकले  भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि लकडाउनको समय साउन २८ गते मध्यराति १२ बजे सम्म तोकिएको थियो । लकडाउनको म्याद सकिन लागेपनि धरानमा गरिएको रेण्डम मास पीसीआर टेस्टिङको नतिजाले लकडाउन फेरि बढाउनु पर्ने अवस्था आएको कार्यपालिका सदस्य एवं वडा नं १७ का अध्यक्ष मनोज भट्टाराईले बताए ।

कार्यपालिका बैठकले धरान बाहिरका नाकाबाट ल्याइने फलफुल तरकारी, दुधलाई रोक्ने निर्णय गरेको छ । वडाध्यक्ष भट्टराईकाअनुसार धरानभित्रै आन्तरिकरुपमा उत्पादित फलफुल तरकारी, खाद्यान्नलाई भने सहजीकरण गर्ने निर्णय भएको छ ।

यसैबीच चारदिन अघि धरान १५ वडा कार्यालयमा रेण्डम मास टेस्टिङमा २ सय ६६ जनाको स्वाब संकलन गरिएका मध्ये नेकपा धनकुटाबाट प्रदेशसभामा समानुपातिक सांसद र उनका श्रीमानसहित धरानका ८ जनाको पिसिआर नतिजा कोरोना पोजेटिभ आएको छ । रिपोर्ट बुधबार विहानमात्र आएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताकाअनुसार ती मध्ये धरानका ६ जना छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्

किस्ट अस्पतालमा उपचाररत ७८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ । 

बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बुधबार बिहानै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

त्यस्तै मंगलबार राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार राति नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×