उदयपुरमा मालपोतका ६ कर्मचारीसहित थप १५ जनामा कोरोना

डिल्लीराम खतिवडा

उदयपुर — मालपोत कार्यालयका ६ कर्मचारीसहित उदयपुरमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मालपोत कार्यालयमा साउन १६ गते एक कर्मचारीमा संक्रमण देखिएको थियो ।

उदयपुरमा मालपोतका ६ कर्मचारीसहित थप १५ जनामा कोरोना

तिनै व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ६ कर्मचारी संक्रमित पाइएका हुन् । ती व्यक्तिका पत्नी आमालाई पनि कोरोना पुष्टि भएको छ ।

थपिएका अन्य सात संक्रमित भने बेलका नगरपालिकका रहेको जिल्ला स्वस्थ्य कायालयका प्रमुख मोहन सुवेदीले बताए । ‘कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणबाट ६ कर्मचारी र पहिले संक्रमित कर्मचारीका आमा र श्रीमतीमा कोरोना संक्रमण देखिएको हो,’ उनले भने, ‘त्यसै गरी धरानको प्रयोगशालमा गरिएको परीक्षणमा बेलका नगरपालिकाका ३ महिलासहित ७ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।’

कर्मचारीमा कोरोना पुष्टि भएसँगै मालपोत कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । जिल्लामा हालसम्म संक्रमितको संख्या १ सय ६ जना पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १९ छन् ।

प्रकाशित : श्रावण २७, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?