कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बिर्तामोडमा ‘मास स्क्रिनिङ’

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा ‘लकडाउन’ लागू गरी ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ ।

बिर्तामोडमा ‘मास स्क्रिनिङ’

कम्तीमा एक हजार जनाको पीसीआर परीक्षण गर्नेगरी स्वाब लिने काम जारी राखेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति बिर्तामोडका संयोजक ओम खड्काले जानकारी दिए ।

बिर्तामोडमा बस्दै आएका एक सशस्त्र प्रहरीका प्रहरी निरीक्षक, एक प्रहरी र दुई जना बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनीहरुको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणको दायरा बढाएको खड्काले बताए । दुई साताअघि बाह्रदशी गाउँपालिकाका एक औषधि व्यवसायी र एक नेकपाका स्थानीय नेतामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरु संक्रमित रहेकै समयमा बिर्तामोड आएको तथा औषधि व्यवसायीहरु उनीहरुको सम्पर्कमा पुगेकाले मास स्क्रिनिङ गर्नुपरेको खड्काको भनाइ छ ।

समुदायमा संक्रमणको जोखिम कम गर्न नगरपालिकाले साउन १९ देखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन घोषणा गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३९३ पुगेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?