कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । ०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।

ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

उनी जलथलमा रहेकी छोरीको घरमा पाहुना आएकी थिइन् । पाहुना आएका माझीलाई स्थानीय दुर्गाबहादुर मगर, खेम फुयालसहित ३/४ जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भीर चोट लागेका माझीको भद्रपुरस्थित मेची अस्पतालमा उपचारका क्रममा घटना भएको ४ दिनपछि मंसिर ४ गते मृत्यु भएको थियो ।

घटनालगत्तै कुटपिटमा संलग्न सबै व्यक्ति फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयले गत वैशाख ३० गते जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मगरसहितका फरार व्यक्तिहरुको खोजी तीव्र पारेको थियो । जिल्ला प्रहरीका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले बिहीबार मेचीनगर नगरपालिका १२ सहरेडाँगीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा मगरलाई पक्राउ गरिएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

पक्राउ परेका मगरमाथि शुक्रबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

प्रकाशित : श्रावण २३, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?