कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धरानमा १० वर्षीय बालकलाई कोरोना

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा शुक्रबार १० वर्षीय बालकमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको छ । ती बालकसँगै उनकी आमा र हजुरआमालाई ज्वरो आएपछि बुधबार स्वाब संकलन गरिएको थियो ।

धरानमा १० वर्षीय बालकलाई कोरोना

धरान–१५ बाझगरास्थित दशरथ पथमा डेरामा बस्ने ती बालककी आमा धरान उपमहानगरपालिकाकी कर्मचारी हुन् । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आमा र हजुरआमाको रिपोर्ट आउन बाँकी छ । बालकसँग सम्पर्कमा रहेका १७ जनाको ट्रेसिङ भएको उनले बताए ।

‘ती बालकलाई कसरी संक्रमण भयो भन्ने पहिचान हुन सकेको छैन । उनको सम्पर्कमा आएकाहरूको शनिबार स्वाब संकलन गर्नेछौं । शनिबारै वडा १५ मा कार्यरत कर्मचारी र अन्य जोखिममा रहेकासमेत गरी ७० जनाको स्वाब संकलन गरिनेछ,’ उनले भने । संक्रमित बालकका बाबु धरानको एक हार्डवेयर पसलका ट्र्याक्टर चालक हुन् ।

प्रकाशित : श्रावण २३, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?