सशस्त्र‍ प्रहरीको प्रदेश १ गणमा थप १६ जनामा कोरोना संक्रमण

विप्लव भट्टराईं

इलाम — इलाममा रहेको सशस्त्र प्रहरी बल प्रदेश १ गणमा बिहीबार थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । सबै संक्रमितलाई उपचारका लागि गोठगाउँ पठाइएको छ । उक्त गणमा हालसम्म कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । 

सशस्त्र‍ प्रहरीको प्रदेश १ गणमा थप १६ जनामा कोरोना संक्रमण

गणमा साउन १७ गते १७ जना, साउन १६ गते ५ र ११ गते ५ जनाको नतिजा पोजीटिभ आएको थियो ।

पछिल्लो पटक रिपोर्ट पठाएका ६० मध्ये १६ जना एपिएफको मात्र नतिजा पोजिटिभ आएको हो । परीक्षणका लागि एपीएफका ३८ जनाको स्वाब पठाइएको थियो । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले सशस्त्रमा समूहगत रुपमा कोरोना फैलिएपछि नजिकैको शिक्षा, मालपोत कार्यालय, नापीलगायत बन्द रहेको बताए ।

स्थानीय बासिन्दामा कोरोना फैलिने त्रास बढेको छ । बाक्लो बस्ती भएकाले कोरोना फैलिएको हुन सक्ने भन्दै जतिसक्दो चाँडो परीक्षण गर्न स्थानीयले माग गरेका छन् । इलाममा बिहीबारसम्म संक्रमितको संख्या ७६ पुगेको छ । जिल्लामा २ हजार ५७१ जनाको परीक्षण गरिएकोमा ४७ जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमितमध्ये ३२ जना निको भएर घर फर्किएका छन् ।


प्रकाशित : श्रावण २२, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?