२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

झापाका दुई ठाउँमा पीसीआर ल्याब

पर्वत पाेर्तेल

झापा — भद्रपुरको मेची प्रादेशिक अस्पताल र कन्काई–४ कोटिहोम क्षेत्रमा कोरोना परीक्षणका लागि अलग–अलग  पीसीआर ल्याब सञ्चालन हुने भएको छ ।

झापाका दुई ठाउँमा पीसीआर ल्याब

भद्रपुरमा सरकारी तवरबाट र कन्काईमा जनस्तरबाट ल्याव सञ्चालन गरिने छ । ‘एकका लागि एक’ अभियानले आर्थिक संकलन गरेर पीसीआर मेसिन खरिद गरेको थियो । जसका लागि अन्र्तराष्ट्रिय झापाली समाजले मात्रै २५ लाख सहयोग गरेको थियो ।

यसअघि पीसीआर टेस्ट गर्न विराटनगरको कोसी अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुऱ्याउनु पर्ने बाध्यता थियो । मेची अस्पतालमै ल्याब सञ्चालन भएपछि झापासहित पूर्वी पहाडका जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका सथनीय समेतलाई सहज हुने मेची अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जनाए ।

उनले सोमबारदेखि ल्याबमा नमुना परीक्षण सुरु गरिएको बताए । उनले भने,‘ बुधबारदेखि नियमित रुपमा पीसीआर परीक्षण गरिने छ ।’ ल्याब सञ्चालनका लागि मेसिन जडान, जनशक्तिको व्यवस्थापन भइसकेको अस्पतालले जनाएको छ । पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।

यसैबीच समपर्ण नामक संस्थाको ‘एकका लागि एक’ अभियानअन्तर्गत खरिद गरिएको पीसीआर मेसिन मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको छ । कन्काईको कोटीहोम क्षेत्रमा ल्याब सञ्चालन गरिने र यसको व्यवस्थापकीय पाटो अस्पतालले नै हेर्ने छ । ल्याब सञ्चालन स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा पहल गरिने जनाइएको छ ।


प्रकाशित : श्रावण २१, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?