कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भोजपुरमा वडाध्यक्षद्वारा वृद्धमाथि कुटपिट

एलिसा श्रेष्ठ

भोजपुर — साल्पासिलिछो गाउँपालिका-१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेका छन् । वडाध्यक्षको कुटाइबाट घाइते भएका वृद्धको थप उपचारका लागि विराटनगर पठाइएको छ ।

स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई वडाध्यक्ष बुढाथोकीले शनिबार दिङ्लाबाट घर जानेक्रममा वृद्धलाई कुटपिट गरेका थिए ।

वडाध्यक्षको कुटाइबाट छाति, हात र खुट्टामा चोट लागेको कार्कीकी श्रीमती इन्दिराले बताइन् । यता वडाध्यक्ष बुढाथोकीले भने अग्राखे भन्ने स्थानमा बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र त्यस्तो नगर्नु भन्दा सामान्य ठेलमठेल भएको बताएका छन् ।

वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गरिदिने सहमति भएपछि पीडित परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

प्रकाशित : श्रावण १९, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?