कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोसी अस्पतालमा संक्रमितको संख्या ८ पुग्यो

जितेन्द्र साह

विराटनगर — कोसी अस्पतालमा थप दुई स्टाफ नर्स र एक स्वीपरमा कोरोना संक्रमणको पुष्टि भएको छ । तीमध्ये एक नर्स प्रसूति विभागमा र अर्की प्रसव सेवामा कार्यरत रहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले बताए ।

कोसी अस्पतालमा संक्रमितको संख्या ८ पुग्यो

योसँगै गत शुक्रबारदेखि आइतबारसम्म अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ८ पुगेको उनले जानकारी दिए । बुढाथोकीका अनुसार संक्रमित हुनेमा एक चिकित्सक, चार स्टाफ नर्स र तीन सहयोगी कर्मचारी छन् । यसमा इन्चार्जसहित बहिरंग सेवा (ओपीडी) कै तीन कर्मचारी छन् ।

शुक्रबारसम्म संक्रमण पुष्टि भएकाको प्रत्यक्ष सम्पर्कमा आएका १ सय ८४ जनाको स्वाब संकलन गरिएको र सबैको रिपोर्ट आइसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमन लाल दासले बताए ।

स्वास्थ्यकर्मी संक्रमित हुन थाले पछि बिहीबारदेखि अनिश्चितकालका लागि अस्पतालको ओपीडी बन्द छ । आइतबार थपिएका नयाँ संक्रमितलाई उपचारकालागि कोभिड–१९ अस्पताल पठाउनु पर्ने, उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब संकलन र क्वारेन्टाइनको प्रबन्ध गर्नुपर्ने हुनाले ओपीडी सेवा अझै थप केही दिन बन्द रहने दासले बताए ।

थप संक्रमित नदेखिएको भए सोमबारदेखि ओपीडी सञ्चालन गर्ने तयारी रहेको उनले प्रष्टयाए । अहिले अस्पतालका २० स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा छन् ।

यो पनि पढ्नुहोस्ः

त्रुटि नै त्रुटिले विराटनगरमा फैलियो कोरोना

प्रकाशित : श्रावण १८, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?