२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आकस्मिकबाहेकका सेवा बन्द गर्न चिकित्सक संघको आग्रह

कान्तिपुर संवाददाता

मोरङ — नेपाल चिकित्सक संघ कोसी अञ्चल समितिले विराटनगरमा चिकित्सक तथा स्वाथ्यकर्मीहरूमा कोरोना संक्रमण भएकाले सबै अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष डा.फरवार्ड सिलवालले शनिबार विज्ञप्ति जारी गरी महानगरका सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरूमा समेत आकस्मिक सेवाबाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत बिरामीहरूलाई स्वास्थ्य परामर्श प्रदान गर्न पनि चिकित्सकहरूलाई आग्रह गरिएको छ । आकस्मिकबाहेक अन्य सेवाका लागि अस्पताल नजान पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । महानगरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ संक्रमणको शृंखला तोड्नका लागि गरिएको लकडाउन पूर्ण पालना गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?