कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुंगा दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

रासस

इनरुवा — सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ कोशीगढमा शनिबार डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बराह क्षेत्रबाट उदयपुर हुँदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए । मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा शनिबार थपिए २३ नयाँ संक्रमित

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा १८ जनासहित जिल्लामा शनिबार २३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समेत जिल्लामा कोरोनाको संक्रमितको संख्या ४ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. रण्जितकुमार झाका अनुसार शनिबार आएको परीक्षण रिर्पोट अनुसार राजविराज नगरपालिकाको विभिन्‍न वडाका १८ जना,हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना र तिरहुत गाउँपालिकाका १ जना गरि २३ जना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि जिल्लाका सबै स्थानीय तहले आ-आफनो क्षेत्रभित्र लकडाउनको आह्वान गरेको छ । स्थानीय प्रशासनले राजविराज नगर क्षेत्रभित्र गत साउन ८ गतेदेखि निषेधाज्ञा नै जारी गरेको छ ।

प्रकाशित : श्रावण १७, २०७७ २१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×