कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्थानीय उत्पादनको प्रवर्द्धन माग गर्दै प्रधानमन्त्रीलाई 'रक्सी उपहार'

डम्बरसिं राई

खोटाङ — स्थानीय रक्सी बन्द गरी बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका रक्सीहरुको प्रवर्द्धन गरिएको विरोधमा प्रधानमन्त्री केपी ओलीलाई रक्सी उपहार पठाइएको छ । 

स्थानीय उत्पादनको प्रवर्द्धन माग गर्दै प्रधानमन्त्रीलाई 'रक्सी उपहार'

किरात राई यायोक्खाले प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलमार्फत शुक्रबार ज्ञापनपत्रसहित कोदोबाट बनाइएको 'रक्सी उपहार' पठाएको हो । किराती संस्कृतिमा जन्मदेखि मृत्युसम्म रक्सीको चलन छ । स्थानीय रक्सीलाई बन्द गराउनु किराती संस्कृतिविरुद्ध राज्य उभिएकोले त्यसको अन्त्य हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

किराती आमा चेलीहरुलाई उत्पादन गरेको रक्सीलाई प्रतिबन्ध नगरी ब्राण्ड बनाएर आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा ज्ञापनपत्रमार्फत सुझाइएको छ । यायोक्खा खोटाङको विज्ञप्तीमा छ–‘जबसम्म राष्ट्रले स्थानीय उत्पादनलाई प्रोत्साहन, लगानी र प्रवर्द्धन गर्दैन तबसम्म समृद्धि सम्भव छैन ।’



प्रकाशित : श्रावण १६, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?