अवैध काठ बरामद

कान्तिपुर संवाददाता

संखुवासभा — जिल्ला प्रहरी कार्यालयले मादी नगरपालिकाको विभिन्न स्थानमा लुकाएर राखेको अवैध काठ नियन्त्रणमा लिएको छ ।

अवैध काठ बरामद

चाँप, अंगारे, पात्लेलगायतका ३ सय ७ क्यूफिट काठ जंगल फडानी गरेर कटान, चिरान र भण्डारण गरेर राखेको अवस्थामा प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताए ।

मादी नगरपालिका–२ ओइराङका नारायण कँडेलको घरमा अवैध रुपमा लुकाएर राखिएको काठ बरामद गरिएको उनले बताए । काठ नियन्त्रणमा परेपनि कँडेल समेतको टोली भने फरार रहेको उनले बताए ।

वन फडानी गर्ने कँडेलसहित फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले काठ बिहीबार डिभिजन वन कार्यालय चैनपुरमा बुझाएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?