२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

इलामबाट तालिमका लागि झापा आएका ३ जना सशस्त्र प्रहरीलाई कोरोना

पर्वत पोर्तेल

काँकडभिट्टा — इलामबाट तालिमका लागि झापा आएका ३ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको छ ।

इलामबाट तालिमका लागि झापा आएका ३ जना सशस्त्र प्रहरीलाई कोरोना

उनीहरु केही दिनअघि सशस्त्र प्रहरीको तालिम केन्द्र दमक, पाडाजुँगी आएका थिए । यसअघि सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका दुई जवानलाई साउन ७ मा र १८ जना सशस्त्रलाई साउन ९ मा कोरोना संक्रमण भएको थियो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार बिहीबार संक्रमित झापाका चारमध्ये एक जना दमक–५ की महिला हुन् । उनी भारतबाट आएर होम क्वारेन्टाइनमा थिइन् ।

कोरोना संक्रमित चारै जनालाई उपचारमा लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

झापामा संक्रमितको संख्या ३ सय ५५ पुगेको छ । ३ सय ४ जना उपचारपछि फर्किएका छन् ।

प्रकाशित : श्रावण १५, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?