झापामा खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता 

पर्वत पाेर्तेल

काँकडभिट्टा — झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधवार दिउँसो २ बजे संखुवासभा घर भइ अर्जुनधारा–४ बागेडाँगीमा बसोबास गर्दै आएका ३० वर्षीय सुगम राईलाई खोलाले बगाउँदा मृत्यु भएको छ । उनी स्थानीय दहीझोडा सामुदायिक वनमा बाँसको तामा संकलन गर्न श्रीमती र साथीहरुसँग गएका थिए । तामा संकलन गरेर फर्किने क्रममा अनारमनी खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । खोलाको गहिरो दहको भुमरीभित्र पसेका उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल शनिश्चरे बजारबाट १५ किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।

त्यस्तै बुधबार अपरान्ह सवा ३ बजे कन्काई खोलाको बाढीले सोही नगरपालिका–४ का अन्दाजी २७ वर्षीय कमल मुखियालाई बगाएको थियो । उनी बाढीमा बगेको दाउरा निकाल्दै खोलामा पसेका थिए । सोही क्रममा उनलाई भेलले बगाएर लगेको र हालसम्म फेल पार्न नसकिएको प्रहरीले जनाएको छ ।

वर्षा सुरु भएयता झापामा बाढी र पहिरोमा परी २० जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका छन् ।

प्रकाशित : श्रावण १५, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?