भोजपुरमा बाढीले घर बगायो, तीन जना घाइते

एलिसा श्रेष्ठ

भोजपुर — षडानन्द नगरपालिका–२ कुदाकाउलेमा मंगलबार बाढीले घर बगाएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय अमृत घले, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषा घाइते भएका हुन् ।

मंगलबार बिहान चिर्खुवा खोलामा आएको बाढीले घलेको एकतले घरसहित पसलसमेत बगाएको छ । घाइते तीनै जनालाई उपचारका लागि दिङला ल्याइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रदीप लामाले जानकारी दिए ।

प्रकाशित : श्रावण १३, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?