२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

झापामा खोलाले बगाउँदा एक बालकको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — खोलाले बगाउँदा मंगलबार बिहान झापाको बुद्धशान्ति गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । 

बिहान १० बजेतिर बुद्धशान्ति–३ पिपलबोटे बस्तीका महेश राईका साढे ३ वर्षीय छोरा मौसम राईको स्थानीय हडिया खोलाले बगाउँदा मृत्यु भएको हो । घर बाहिर खेल्ने क्रममा बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी डीएसपी राकेश थापाले जानकारी दिए । खोलामा खसेलगत्तै स्थानीयले उद्धार गरी नजिकैको बुधबारे बजारमा रहेको लिभिङ होप पोलिक्लिनिकमा लगेका थिए । उपचारका क्रममा बालकको बिहान १० : ४० बजे मृत्यु भएको डीएसपी थापाले बताए ।

प्रकाशित : श्रावण १३, २०७७ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?