कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोरोना त्रासले इनरुवा नगरपालिका सिल

प्रदीप मेन्याङ्बो

सुनसरी — आइतबार बिहानदेखि इनरुवा नगरपालिका पूर्ण रुपमा सिल गरिएको छ । विराटनगरको प्रहरी कार्यालयमा दरबन्दी भएर इनरुवा–३ महेन्द्रचोकस्थित घरमा नियमित आउजाउ गर्ने एक प्रहरी हवल्दारलाई कोराना संक्रमण भएपछि आइतबार बिहानदेखि इनरुवा नगरपालिका सिल गरिएको नगर प्रमुख राजन मेहताले बताए ।

कोरोना त्रासले इनरुवा नगरपालिका सिल

संक्रमितको सम्पर्कमा आएका मध्ये १२ जना उनकै परिवारका सदस्य र भेटघाट गरेका २९ जनागरी ४१ जनाको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । नगर प्रमुख मेहताले भने, ‘शंकास्पदहरुको रिपोर्ट तीनदिनभित्र प्राप्त हुने छ त्यतिञ्‍जेललाई सर्वसाधारण कसैलाई पनि आवश्यक काम बाहेक घर बाहिर निस्किन दिइएको छैन ।’

सरकारी कार्यालय नीतिगत रुपमा बन्द गर्न नहुने भएकाले जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, इनरुवा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधिसहितको बैठक सर्वपक्षीय भेलाले इनरुवा नगरपालिका क्षेत्र पूर्णरुपमा लकडाउन गरिएको प्रमुख मेहेताले बताए ।

इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका उप संयोजक मिश्रीलाल मेहताकाअनुसार हालसम्म इनरुवाभित्र ९ जनामा कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये विदेशबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनामा र विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका १ जना, विदेश नगएका अर्का एकजना र एक प्रहरीमा कोरोना पोजिटिभ देखिएको मेहताले बताए ।

उनले हालसम्म २ सय ६८ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको पनि बताए ।

प्रकाशित : श्रावण ११, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?